अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको मृत्य

आजभोलि

अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाले हैटीमा सञ्चालन गरेको अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको मृत्यु भएको छ ।

हैटीको राजधानी पोर्ट औ पिन्सको अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको मृत्यु भएको हो । ६० बालबालिका भने आगलागीबाट बाँच्न सफल भएका छन् । अनाथालयको चर्चबाट सुरु भएको आगोमा जलेर ती बालबालिकाको मृत्यु भएको हैटीस्थित युनिसेफको बालबालिका सुरक्षा प्रमुख जेनिफर मेल्टनले जनाएकी छन् ।

अग्नि नियन्त्रण संस्थाका अधिकारीहरूले बलिरहेको क्यान्डलबाट आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । तर, ठोस कारण अहिलेसम्म पत्ता लागिसकेको छैन । हैटीका राष्ट्रपति जोभेनल मोसीले एक ट्विट गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

साथै उनले घटनाबारे सत्यतथ्य पत्ता लगाउन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।पेन्सिलभेनिया बेस्ड द चर्च अफ बाइबल अन्डस्ट्यान्डिङले हैटीमा सन् १९७७ देखि अनाथ र असहाय बालबालिकाका लागि लक्षित गरेर यो अनाथालय सञ्चालनमा छ । पछिल्लो समय गृहमा १५० बालबालिका आश्रित थिए ।

  • ३ फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !