तालिवानी लडाकूले गरे न्यायाधीशको हत्या

आजभोलि

हेरात– अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन्।

हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकूको एक समूहले सोमबार राति गोली हानी हत्या गरेका थिए। प्रान्तीय सरकारका प्रवक्ता जैलानी फरहादले तालिबानी लडाकू समूहले हिंसात्मक कारबाही स्थगित गर्ने घोषणा गरे पनि व्यक्ति हत्याको ज्यादती नरोकिएकामा चिन्ता व्यक्त गरे।

साप्ताहान्तमा कन्दहार प्रान्तको डन्ड जिल्लामा तालिबान समूहको आक्रमणमा दुई जना प्रहरी अधिकृतहरु मारिएका थिए। अफगानी स्वतन्त्र मानव अधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार ८०० भन्दा बढी सर्वसाधारणको हत्या हुनुका साथै ७ हजार ९५० जनाभन्दा बढी घाइते भएका छन्। सिन्ह्वा

  • ६ फाल्गुन २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !