कोरोनाका कारण जापानले एक महिना विद्यालय बन्द गर्ने

आजभोलि

जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी बन्द गर्ने घोषणा गरेका छन् ।

आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म विद्यालय बन्द रहने छन् । जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड १९ सङ्क्रमण देखापरेपछि उक्त घोषणा भएको छ । जापानमा यसै वर्ष ओलिम्पिक प्रतियोगिता हुँदैछ । प्रतियोगिताको आयोजक समितिले खेलभन्दा अगाडि हुने ओलिम्पिक मसाल रिलेमा थोरै सहभागिता गराइने जनाएको छ। ।

साउदी अरेबियाले विदेशीलाई तीर्थयात्रीको रूपमा आगमन गर्न निषेध गरेको छ भने कोरोनाभाइरस सङ्क्रमण भएका देशहरूबाट आउने पर्यटकलाई पनि उसले रोक्ने छ । वार्षिक रूपमा हुने हज तीर्थयात्राबारे पनि अनिश्चय उत्पन्न भएका छन् । संसारभरिका मुस्लिमका निम्ति हज यात्रा महत्त्वपूर्ण हुन्छ ।

यसपाली जुलाई तथा अगस्टमा हजयात्रा परेको छ । बेलायतले थप दुई सङ्क्रमण भएको जनाएको छ । त्यहाँ १५ जना सङ्क्रमित भएका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले त्यहाँ कोरोनाभाइरसको प्रकोप अवश्यम्भावी भएको बताए । अमेरिकामा उपराष्ट्रपति माइक पेन्सलाई कोरोनाभाइरसको मामिलाको प्रमुख जिम्मेवार अधिकारी तोकिएको छ ।

बुधवारसम्म अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ । तिनमा ४५ जना विदेशबाट उद्धार गरेर ल्याइएका हुन् भने १५ जना देशभित्रै देखापरेका हुन् । अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मरिसनले संसार कोरोनाभाइरसको महामारीको संघारमा पुगेको चेतावनी दिँदै त्योसँग जुझ्न सरकारले राष्ट्रिय आपत्कालीन योजना बनाएको घोषणा गरेका छन् ।

चीनभन्दा बाहिर कोरोनाभाइरसको सङ्क्रमणको गतिले अस्ट्रेलियालाई पनि त्यस्तो योजना बनाउन बाध्य पारेको उनले बताए । सरकारले चीनबाट आउने यात्रुमाथि यात्रा प्रतिबन्ध लगाएको छ । तत्कालै फुटबल प्रतियोगिताजस्ता भिडभाड हुने कार्यक्रम रोकिहाल्ने स्थिति नआएको मरिसनले बताए ।

  • १५ फाल्गुन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !