काठमाडौं । नेकपाका संसद विरोध खतिवडाकी छोरीलाई जिताउन भन्दै भोट माग्ने चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले बर्खास्त गरेको छ ।
लीलामणीले मिस वर्ड प्रतियोगितामा भाग लिएकी श्रृखला खतिवडा जितान भोट मागेका थिए । नेकपाकी नेताको छोरी भएकै कारण राजदूत जस्तो ओहोदामा बसेका लीलामणीले भोट मागेका थिए । तर पछिल्लो पटक अनुष्का श्रेष्ठलाई भने जिताउनको लागि उनले भोट मागेका थिएनन् ।
लीलामणीलाई बर्खास्ती गर्दै सरकारले चीनका लागि नेपाली राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ ।