काठमाडौँ । औषधि व्यवस्था विभागले २ वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागले मंगलबार सूचना प्रकाशित गरी ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस( मेट्रोनिडाजोल ) र ब्याच नम्बर १एच८२९३६ रहेको कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सनको बिक्री वितरणमा रोक लगाएको हो ।
ती औषधिको गुणस्तरमा शंका उत्पन्न भएकाले अर्को सूचना जारी नहुँदासम्मका लागि बिक्री वितरणमा रोक लगाएको विभागले जानकारी दिएको छ । बक्रीमा रोक लगाइएका दुवै औषधि भारतीय कम्पनीका हुन् । मेट्रिस नामक औषधिओटसुका फर्मास्युटिकल्स इन्डिया प्रालि, इन्डियाकोरहेको छ भने अर्को सोडियम ल्याकटेट एक्युलाइफ हेल्थकेयर प्रालि, इन्डियाका कम्पनीको हो ।
गत फागुन ४ र ५ गते प्रसूतिका लागि शल्यक्रिया गरिएकामध्ये उक्त ओैषधिले तीनजनामा एकै प्रकारको संक्रमण देखिएको थियो । प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ । संक्रमण देखिएसँगै अस्पताल प्रशासनले शल्यक्रिया कक्ष फागुन १२ गतेसम्मका लागि बन्द गरेर सरसफाइ गरेको थियो ।