शिक्षा मन्त्रालयले एसईई परीक्षा स्थगित भएको र विद्यालय पनि बन्द गरिएको भन्ने समाचार सार्वजनिक भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर यस्ता कुनै निर्णय नभएको मन्त्रालयले स्पष्ट पारेको हो । कोरोना भाइरसको संक्रमणको त्रास विश्वभर फैलिएपछि नेपालले पनि सतर्कता अपनाउन थालेको छ ।
शिक्षा मन्त्रालयले पनि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र लिइसक्न सबै विद्यालयलाई भनेको छ । चैत्र ६ गतेदेखि हुने गरी तय भएको एसईईको परीक्षा यथावत रुपमा सञ्चालन हुने मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
परीक्षा सरेको तथा विद्यालय बन्द गरिएको जस्ता गलत सूचनाको भ्रममा नपर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।