विश्वमा महामारीमा रुपमा फैलँदै गरेको कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ९४ पुगेको छ ।
अहिलेसम्म एक लाखभन्दा बढी मानिस प्रभावित भएको सीएनएनले जनाएको छ । झन्डै ९५ भन्दाबढी देशमा संक्रमण फैलेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको यो भाइरसको संक्रमण सबैभन्दा बढी चीनमै छ ।
चीनमा अहिलेसम्म ८० हजार ८ सय ५१ जना संक्रमित छन् । जसमध्ये ९९ जनामा नयाँ संक्रमण देखिएको छ । कोरोनाकै कारण चीनमामात्र ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ ।
चीनपछि दोस्रो बढी संक्रमण फैलिएको मुलुक दक्षिण कोरिया हो । दक्षिण कोरियामा ६ हजार ५ सय ९३ जनामा संक्रमण छ भने ४४ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा ४ हजार ६ सय ३६ जनामा संक्रमण फैलिएको छ भने १९७ जनाको मृत्यु भएको छ ।
इरानमा ४ हजार ७ सय ४७ जनामा संक्रमण फैलिएको छ भने १२४ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण अमेरिकामा १५ जनाले ज्यान गुएका छन् । त्यस्तै बेलायतमा १ सय ६४ जनामा संक्रमण देखिएको छ भने २ जनाको ज्यान गएको छ । त्यस्तै जापानमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । संक्रमितको संख्या १ हजार ४५ पुगेको छ ।
कोरोनाको संक्रमण फैलिएपछि विभिन्न देशले हवाइ र स्थलगत नाकाहरु बन्द गर्नुका साथै चेकजाँचमा कडाइ गरेका छन् । ती देशहरुले अत्यावश्यक बाहेक विदेश नजान आफ्ना नागरिहरुलाई आग्रह गरेका छन् ।
त्यसैगरी संक्रमण बढ्दै गएपछि शिक्षण संस्था बन्द गर्नुका साथै सार्वजनिक समारोह गर्न र बाहिर हिडडुल गर्न पनि रोक लगाइएको छ ।