काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलादाता समीक्षा संग्रौला बुधबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै संग्रौला डिस्चार्ज भएको जानकारी दिएका हुन् ।
समीक्षाको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । अस्पतालबाट डिस्चार्ज हुनुअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् ।