अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपबाट अमेरिका आउन पूर्णरूपमा प्रतिबन्द लगाएका घोषणा गरेका छन् ।
राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै ट्रम्पले ३० दिनका लागि युरोपबाट अमेरिका आउने जाने सबै यात्रामा प्रतिबन्धको घोषणा गरेका छन् । तर यो प्रतिबन्ध बेलायतका सन्दर्भमा भने लागू नहुने ट्रम्पले घोषणा गरेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट आफ्ना नागरिकलाई बचाउनको लागि यस्तो प्रतिबन्द लगाउनु परेको ट्रपले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् ।
यस्तो प्रतिबन्ध शुक्रबार राती मध्यरातबाट लागू हुने उनले बताएका छन् । यो प्रतिबन्ध युरोपबाट अमेरिका आउने सबै चीजमा लागू हुनेछ । उपयुक्त जाँच पार गरेका केही निश्चित अमेरिकनका सन्दर्भमा भने यो प्रतिबन्ध लागू नहुने ट्रम्पले बताएका छन् ।
यसैगरी कोरोना भाइरसका कारण नेपालबाट समेत प्रतिबन्द लाग्न सक्ने जानकारहरूले बताए । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेका कारण नेपाललाई अमेरिकाले प्रतिबन्द लगाउने सक्ने विश्लेषक बताउछन् ।