क्यानाडा । क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोकी पत्नी सोफि टुडेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
यद्यपी प्रधानमन्त्री टुडोलाई भने संक्रमण नभए पनि थप १४ दिनका लागि क्यारेन्टाइनमा बस्नको लागि त्यहाँका स्वास्थ्य अधिकारीले सुझाएका छन् ।
पत्नीलाई संक्रमण भएपछि प्रधानमन्त्री टुडो क्यारेन्टाइनमा बसेका छन् । उनले हिजो एक ट्युट गर्दै आफू क्यारेन्टाइनमा बसेको जनाएका थिए ।