कञ्चनपुर । भारतले नेपाली भूमी अतिक्रमण गरी बनाएको सिमास्तम्भ नेपाली काँग्रेसका कार्यकर्ताले भत्काइदिएका छन् ।
काँग्रेस कञ्चनपुर सभापति हरि बोहोरा संविधानसभाका सदस्यद्वय बहादुरसिंह थापा र दिवानसिंह विष्ठको नेतृत्वमा गएको नेपाली काँग्रेसका कार्यकर्ताले नक्कली सिमास्तम्भ भत्काइदिएका हुन् ।
कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा स्थित नेपाली भुमीमा भारतीयले सिमा मिचेर नक्कली सिमास्तम्भ राखेका थिए ।
भारतले नेपाली भूमी अतिक्रमण गर्दै सिमास्तम्भ सार्दै आएको छ । भारतले नेपाल भारत सीमाको गङ्गे पिल्लर भत्काउने र नेपालीको भूमीमा नयाँ गङ्गे पिल्लर बनाउँदै नेपालको भूमी अतिक्रमण गर्दै आएको छ ।
उनीहरूले सिमास्तम्भ भत्काउनुका साथै सिमास्तम्भ राख्न खनिएका खाल्डा समेत पुरेको खबर छ ।