काभ्रे । काभ्रेपलान्चोकको जिल्लाको प्राचीन पलाञ्चोक उपत्यकाको अनेकोट कोट्याङ ठुलिचौरमा १९ सय बर्ष पुरानो पुरानो मुर्ति फेला पारेको छ ।
स्थानीय युवाले माटो खन्ने क्रममा लिच्छविकालिन सो मुर्ति फेला परेको हो ।
नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कमा यो मुर्तिको चित्र अङ्कित भएको काभ्रेपलान्चोक पुरातत्त्व बचाउ अभियानका सयोजक श्रीकृष्ण धिमालले जानकारी दिए ।
मुर्ति भेटिएको स्थानमा थप उत्खनन् नगर्न स्थानीयलाई अनुरोध गर्दैसिडियो र पुरातत्त्व विभागलाइ जानकारी गराइएको धिमालले जानकारी दिए ।
मुर्ति भेटिएको स्थानमा पुरातत्त्व विभागको टोलि जाने जानकारी पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमलेबताएका छन् ।
मुर्ती भेटिएको स्थानमा प्रहरीले सिलबन्धि गरेको छ ।