अमेरिकामा कोरोनाभाइरसविरुद्धको खोपको परीक्षण हुँदै

आजभोलि

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन्। खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमवार हुँदैछ। ती स्वयंसेवीहरूले सङ्क्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन्।

उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनए (mRNA) को सानो भाग भएको बताइएको छ।

बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ।

पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ।

परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम mRNA-1273 नामकरण गरिएको छ। त्यसलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ।

त्यो नयाँ परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो।

  • ३ चैत्र २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !