काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका र चौंरी देउराली गाउँपालिका जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ ।
भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले आईतबार एक समारोहका बिच दुईओटा गाउँपालिका जोड्ने खहरेखोलामा निर्माण हुन लागेको उक्त पुलको शिलान्यास गरेका छन्।
सिलन्यास कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले पुल निर्माण भएसंगै दुई गाउँपालिकाका जनातको आवागमन सहज हुने र व्यापार व्यावसायमा समेत राम्रो बृद्धि हुने बताए ।
८६ मिटर लम्बाई भएको उक्त पुलको अनुमानित लागत ४६ लाख ७ हजार १ सय ८४ रुपैया रहेको छ । जसमध्ये संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम ३९ लाख २६ हजार २ सय ८५ रुपैया पुल निर्माणका लागि सहयोग गरेको छ । त्यस्तै भुम्लु गाउँपालिकाको २ लाख ७६ हजार ४ सय ३१ रुपैया र झोलुङ्गे पुल सहयोग इकाईबाट ३ लाख १२ हजार ३ सय २४ रुपैयाँ गरी बजेट विनियोजन भएको छ ।