सोमबार टिप्परको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि तनावग्रस्त बनेको काभ्रेको पनौतीमा लगाइएको कर्फ्यु हटाइएको छ।
मंगलबार राति ८ बजेदेखि लागु हुने गरी कर्फ्यू आदेश जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सोमबार दिउँसो पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्रु खानीखोला गाउँपालिकाकी ३० वर्षीया जुनिमाया गोले र उनकी छोरी स्मारिका गम्भीर घाइते भएका थिए । उनीहरुको शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनापछि आक्रोशित आफन्तले पनौतीमा सोमबार साँझदेखि प्रदर्शन गरेका थिए। आक्रोशित भीड र प्रहरीबीच झडप हुँदा एकजना प्रहरी हवल्दार र प्रर्दशनकारी घाइते भएका थिए।