काठमाडौं । कोरोना भाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ । उनको मृत्यु मंगलबार (४ चैत) बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको थियो ।
पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । खाँदबारी नगरपालिका १० संखुवासभा घर भएका ६६ वर्षीय राई सपरिवार लण्डनबाट २१ किलोमिटर उत्तर-पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।
उमधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो ।