काठमाडौं । आज बसेको मन्त्रीपरिषदको बैठकले चीन र भारतका सबै नाका एक साता बन्द गर्ने निर्णय गरेको छ ।
चैत १० गतेबाट बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्न ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको छ । कोषका लागिसबै मन्त्री १/१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ।