बस्टन । अमेरिकाको न्यूयोर्कमा दुईजना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
संक्रमित दुवैलाई अहिले कुइन्सस्थित एल्महर्स्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
संक्रमित मध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको बुझिएको छ अर्का ४७ वर्षीय उवर चालक हुन् । दुवैजनालाई उच्च ज्वरो आएपछि अस्पताल पुर्याइएको थियो ।
संक्रमित दुवैजनाको परिवारका सदस्यको समेत कोरोना परिक्षण गरिएको छ । उनीहरू रिपोर्ट आइसकेको छैन ।