काठमाडौँ । फ्रान्सबाट कतार हुँदै मंगलबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
उनी चैत ४ गते कतार हुँदै नेपाल आएको जनाएको छ । उनको टेकु अस्पतालमा क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ । उनको परिवारको चेकजाँच भइरहेको र घरमै क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
यस अघि एक अर्को नेपालीमा देखिएको थियो । उनी अहिले निको भएर घरमा आराम गरि रहेका छ्न ।