राहतको आर्थिक प्याकेज तत्काल घोषणा र कार्यान्वयन गर्न सरकारसँग कांग्रेसको माग

आजभोलि

विश्वभरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन र जुध्न सहज होस् भनेर नेपाल सरकारले लकडाउन घोषणा गर्नु स्वभाविक थियोे l

छिटपुट घटना बाहेक यसलाई अधिकतम पालना गरेकोमा सबै दिदिबहिनी दाजुभाइलाई म हार्दिक धन्यवाद दिन चाहन्छु l ठुलो जोखिमबाट जोगिन आजको यो कष्ट उठाउनु हामी सबैको कर्तव्य हो ,अत घरहरूमै बसेर सुरक्षीत रहन र लकडाउनलाई इमानदारीसाथ पालना गर्न म सबैमा हार्दिक अनुरोध गर्दछु l
लकडाउनका कारण विभिन्न बर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृस्टिगत गरेर तत्काल आवश्यक निर्णय गर्नुपर्ने बिषयमा सरकार समक्ष कुरा गरिसकेको छु l तर सार्वजनिक अपिलसाथ माग राख्दै पुन सरकारको ध्यानाकर्षण गराउंदछु ।
१.  दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरि तत्काल बिशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु। दिनभर काम गरेर सांझ खाने बर्गलाई नै लक डाउनले सबैभन्दा बढी असर पुर्‍याएको छ ।
२.  न्यून आय भएका कर्मचारी ,अन्य श्रमिक ,बेरोजगार युवा तथा राजधानी लगायतका शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरि योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकार संग माग गर्दछु ।
३. लकडाउनका कारण प्राय सबै ब्यवसाय बन्द स्थितिमा छन् l यस्तो बेला खुद्रा ब्यापारी देखि ठुला ब्यवसायी सम्मलाई असर पुग्नु स्वभाविक छ l यसले रास्ट्रलाई दुरगामि असर पुर्‍याउन सक्दछ l अत –
क) २० लाख सम्मको ऋण लिएका साना ब्यवसायीलाई लकडाउनको असर र ब्यवसाय तंग्रीने अनुमानित अवधी समेत ख्याल गर्दै कम्तिमा ३ महीनाको ब्याज पुरै मिनाहा गर्न र त्यसपछिको निस्चित अवधिका लागि ब्याज दर घटाउन माग गर्दछु l
ख) ठुला ब्यवसायिका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधी ३ महिनापछि सार्ने प्रबन्ध मिलाउन सरकार समक्ष अपिल गर्दछु l
४. साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेका छन् l सबै खाले संचार माध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउंदछु l
अन्त्यमा
विश्व स्वास्थ संगठनले सचेत हौ भनेर अपिल गरेको महिना दिन पुगिसक्दापनी स्वास्थ्यकर्मिले अझै पर्याप्त पीपिइ नपाउनु लज्जास्पद कुरा हो l म सरकारलाई यथासिघ्र पीपिइ,परिक्षण कीट,आइसोलेसन वार्ड र भेण्टिलेटरको पर्याप्त प्रबन्ध गर्न अपिल गर्दछु l
जय नेपाल !
शेरबहादुर देउवा
सभापति

  • १४ चैत्र २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !