इटालीमा एकै दिन ९ सय भन्दा बढीको मृत्यु, अमेरिकामा संक्रमितको संख्या १ लाख ४ हजार भन्दाबढी

आजभोलि

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार ३ सय ६० भन्दाबढी पुगेको छ ।

कोरोनाबाट ५ लाख ९७ हजार २ सयभन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ३ सयभन्दाबढी जना उपचारपछि घर फर्किएका छन् । कोरोनाको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ । हाल कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा १ लाख ४ हजार २ सय ५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या भने १ हजार ७ सय १ पुगेको छ । जसमामध्य २ हजार ५ सयभन्दाबढी उपचारपछि घर फकिञृञउका छन्।

त्यस्तै, इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्याले नयाँ उचाइ लिएको छ । शुक्रबार एकै दिन इटालीमा कोभिड–१९ का कारण ९ सयजना भन्दा बढीको मृत्युभएसँगै मृत्युहुनेको कुल संख्या ९ हजार १३४ पुगेको छ भने ८६ हजार ४ सयभन्दाबढी संक्रमित छन् । आगामी अप्रिल ३ सम्म इटाली पूर्ण रुपमा लकडाउन गरिएको छ । इटालीको सरकारले कोरोना प्रभावसँग जुझ्नका लागि करिब २७ अर्ब अमेरिकी डलरबराबरको राहत प्याकेज घोषणा गरेको छ ।

युरोपेली मुलुक स्पेनमा पनि शनिबार बिहानसम्म मृत्यु हुनेको संख्या ५ हजार एक सय ३८ पुगेको छ । त्यस्तै अहिलेसम्म संक्रमितको संख्या ६५ हजारभन्दा बढी पुगेको छ भने ९ हजार ३ सयभन्दाबढी उपचारपछि घर फकिृएका छन् ।

  • १५ चैत्र २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !