स्पेनकी राजकुमारी मारियाको कोरोना भाइरसको संक्रमणबाट निधन,विश्वभर मृत्यु हुनेको सङ्ख्या ३० हजार नाघ्यो

आजभोलि

कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन भएको छ । ८६ वर्षीया टेरेसाको कोरोना संक्रमणबाट शनिबार निधन भएको । उनको निधनको पुष्टि भाइ हेनरीले गरेका छन् ।

कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएकोडेलीमेललेउल्लेख गरेको छ । उनी सन् १९३३ जुलाई २८ मा जन्मेकी थिइन् । पछिल्लो २४ घण्टामा स्पेनमा आठ सय ४४ जनाको मृत्यु भएको छ ।  स्पेनमा अहिलेसम्म पाँच हजार ९ सय ८२ जनाको ज्यान गएको छ भने ७३ हजार दुई सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यसैबीच विश्वका एक सय ९९ देश र अरु दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै ३१ हजार पुगेको छ । अहिलेसम्म ६ लाख ६२ हजार ९ सय ६७ जना संक्रमित भएकामा ३० हजार आठ सय ५६ जनाकोमृत्यु भएको वल्डोमटिरले जनाएको छ ।

एक लाख ४१ हजार ९ सय ५३ जना भने उपचारपछि घर फर्किएका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १० हजार २३ जनाको मृत्यु भएको छ भने अमेरिकामा एक लाख २३ हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

  • १६ चैत्र २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !