विदेशबाट आउनेको तथ्याङ्क सङ्कलन गर्न नाट्टाको आग्रह

आजभोलि

काठमाडौँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले विदेशबाट नेपालमा आई कोरोना सङ्क्रमण देखिएका व्यक्तिसँगै जहाजमा आउने अन्य व्यक्तिको विवरण दिन सम्पूर्ण ट्राभल कम्पनीलाई आग्रह गरेको छ । नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले एक विज्ञप्ति जारी गरी मार्च १७ मा कतार एयरवेज र मार्च २० मा भिस्टारा एयरलाइन्सबाट नेपाल आएका तीन यात्रुमा कोरोना सङ्क्रमण देखिएको भन्दै उक्त एयरलाइन्सबाट आउने अन्य यात्रुको पूर्ण विवरण नाट्टामा उपलब्ध गराउन सबै ट्राभल कम्पनीलाई आग्रह गर्नुभएको हो ।

“विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिनका लागि अन्य यात्रुलाई पहिचान गरी सरकारलाई सहयोग गर्न लागेका हौँ”, अध्यक्ष गुरागाईँले भन्नुभयो । यस विषम परिस्थितिमा राज्यद्वारा जारी गरिएको निर्देशन पालना गर्नु नागरिकको दायित्व रहेको नाट्टाले जनाएको छ ।

कोरोना भाइरसको महामारी बढ्दै गएको परिवेशमा सरकारले चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन गरेकाले लकडाउनको पूर्ण पालना गर्नसमेत नाट्टाले सबैलाई आग्रह गरेको छ । नाट्टाले विभिन्न मुलुकबाट भर्खरै नेपाल आएका जोकोहीलाई पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसेर सङ्क्रमण फैलन नदिन आग्रह गरेको छ ।

  • १८ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !