एनसेलले बुझायो ४ अर्ब ६० करोड

आजभोलि

काठमाडौं । एनसेलले पुँजीगत लाभकर बापतको ४ अर्ब ६० करोड सरकारलाई बुझाएको छ । एनसेलले मंगलबार ठूला करदाता कार्यालयमा रकम बुझाएको हो । 

सर्वोच्च अदालतको आदेशपछि एनसेलले यो सहित ९ अर्ब १० करोड बुझाएको ठूला करदाता कार्यालयका प्रमुख झलक अधिकारीले बताए । 

सर्वोच्च अदालतको आदेशअनुसार एनसेलले २२ अर्ब रुपैयाँ पुँजीगत लाभकर विभिन्न किस्तामा तिर्नुपर्नेछ ।

एनसेलले १४ अर्ब ४० करोड रुपैयाँ लाभकर बुझाउन बाँकी छ । कम्पनीले २२ अर्ब किस्ताबन्दीमा तिर्न माग गरेअनुसार ठूला करदाता कार्यालयले महिनामा तिर्नुपर्ने किस्ताको तालिका यसअघि नै एनसेललाई दिइसकेको छ । सोहीअनुसार एनसेलले पुँजीगत लाभकर तिर्दै आएको छ । 

  • १८ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !