सरकारका कदम अझ प्रभावकारी बनाउन सचिवालय सदस्यको सुझाव

आजभोलि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको भन्दै अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा सचिवालयका सदस्यले प्रस्तुत गरेका सुझावलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैठकमा जोड दिएको र प्राप्त सुझावलाई आवश्यकताका आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा सम्पन्न बैठकको प्रारम्भमै प्रधानमन्त्री ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयाश र हासिल भएका उपलब्धीबारे विस्तारपूर्वक जानकारी गराएका थिए बैठकमा सचिवालय सदस्य, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सङ्क्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामका बारेमा विस्तृत जानकारी गराएका थिए ।

प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सचवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बसेको बैठकको प्रारम्भमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोभिड( १९ को रोकथाम, नियन्त्रण रउपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयाश र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तारपूर्वक जानकारी गराउनुभयो । बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले यस कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराउनुभयो ।

बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड(१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभावकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राख्नुभयो । उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जोड दिनुभयो ।
प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएर बैठक सम्पन्न भयो ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
नेकपा
२५ चैत २०७६

  • २५ चैत्र २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !