विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड १९ को महामारी नियन्त्रणका लागि तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको छ ।
संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अपनाइएका लकडाउनसहितका उपाय चाँडै अन्त्य गर्दा मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी दिएको छ ।
डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस गेब्रेससले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा सङ्क्रमणको पुनरावृत्ति हुनसक्ने भएकाले सचेत बन्नुपर्नेमा जोड दिए ।
प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेको उनको भनाई छ ।