कोरानाबाट अमेरिकामा एकैदिन २ हजारभन्दा बढीको मृत्युः ५ लाख भन्दा बढी संक्रमित

आजभोलि

अमेरीका । अमेरिकामा कोरोनाबाट मर्नेको संख्या दुई हजार नाघेको छ । एक दिनमा २ हजार भन्दा बढी मर्नेको संख्या पुगेको यो भएको पहिलो पटक हो । गएको २४ घण्टामा अमेरिकामा मात्र २ हजार १ सय ८ जनाको ज्यान गएको जोन्स होप्किन्स विश्वविद्यालयले जनाएको छ । अमेरिकामा मात्र ५ लाख १ हजार १५ जनामाथि कोरोना पोजेटिभ भएको जनाईएको छ ।

विज्ञहरुले गरेको अनुमान अनुसार अमेरिका कम्तिमा २ लाख भन्दा बढीको मृत्यु हुने अनुमान गरेको थिए । तर यही गतिमा कोरोना संक्रमण र मृत्युदर बढेमा अनुमान संख्या नजिक पुग्ने आँकलन गरिदैछ । यो भन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट मर्नेको संख्या १ लाखमै रोक्न सके ठूलो उपलब्धि हुने बताएका थिए ।

अहिलेसम्म कोरोनाबाट अमेरिकामा १८ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ । जसमा सबैभन्दा बढी न्यूवर्कमा ५ हजार ८ सय २० पुगेको छ ।

हालसम्म विश्वभरी कोरोनाबाट मर्नेको संख्या १ लाख ३ हजार ५ सय ३६ पुगेको होप्किन्स विश्वविद्यालयले जनाएको छ । र, १७ लाख ९ हजार १४ जना विश्वभरी संक्रमित भएका छन् ।

Photo: Reuters

  • २९ चैत्र २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !