लकडाउनमा ४ हजार सर्वसाधारण र ७ हजार सवारीसाधानमाथि कारबाही

आजभोलि

काठमाडौं । सरकारले लकडाउन भएपछि २० दिनको अवधिमा ठूलो मात्रामा उल्लंघन गर्नेमाथि कारबाही गरेको छ । अहिलेसम्म ४ हजार भन्दा बढी सर्वसाधारणलाई कारबाही गरेको छ । यस्तै ७ हजार ५ सय सवारी साधानमाथि कारबाही गरिएको छ ।नेपा प्रहरीका अनुसार लकडाउनको समयमा जबरजस्ती गर्नेहरुमाथि मात्र कारबाही गरिएको छ । उनीहरुलाई सम्झाइ बुझाई छोडिएको बताइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार, राहत र खाद्य ढुवानीका सवारी बढी सञ्चालनमा आएका छन् । विशेष गरी ‘रिङरोड’ वाहिरका बस्तीहरूमा ईबैंकिङ तथा बैकिङ सेवा सहज नहुँदा मुख्य शहरमा सेवाग्राहीको उपस्थिति बाक्लो देखिएको हो ।

नयाँवर्षको शुभारम्भसंगै बैशाख १ गते सोमवारबाट काठमाडौं उपत्यका लकडाउनमा थप कडाई गरिने निर्णय गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

राहत वितरणमा स्थानीय तहसंग समन्वय र सहजीकरण गर्ने तथा लकडाउनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ, महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले भन्नुभयो–सर्वसाधारणको स्वास्थ्य तथा शान्ति सुरक्षाका लागि कडा गरिएको बताए ।

लकडाउनमा कडाइ गरिएसंगै उपत्यका छोड्नेहरूको संख्या बढ्दै गएको छ । यसैबीच, ट्राफिक महाशाखाले प्रत्येक ट्राफिक प्रहरी वृत्त र प्रभागमा माक्स, सेनिटाइजर र पन्चाहरू वितरण गरेको छ ।

  • ३० चैत्र २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !