२०७७ सालको भविष्य फल , शुभ र अशुभ दुवै अवस्था छ

आजभोलि

नवबर्ष २०७७ सालको शुभ उपलक्षमा देश विदेशमा रहनु हुने सवैमा हार्दिक मंगलभय शुभकामना व्यक्त गर्दछु ।

२०७७ सालको भविष्य फल

शाके संवत् १९४२ वीरविक्रमादित्य संवत् २०७७ भुक्तभोग्यले समाप्त नै भए पनि प्रचलन अनुसार यो संवत्सरको नाम प्रमादी हो । यस वर्षका राजा बुध हुन् भने मन्त्री पदमा चन्द्रमा पुगेका छन् । सौर्यमण्डलका ग्रहहरू आआफ्ना विभागमा सक्रिय रहनेछन् । यसवर्षको ग्रह गठनमा शुभ ग्रहको प्रभाव वढिरहेको देखिन्छ । यसवर्षका राजा बुध नपुंसककारक ग्रह हुन्भने मन्त्री चन्द्रमा स्त्रीकारक ग्रह हुन् । बुधले चन्द्रमालाई मित्र दृष्टि राखे पनि बुधलाई शत्रु भाव राख्ने हुँदा वर्षको आरम्भमा प्रशस्तै समयस्याहरू आउने सम्भावना रहन्छ ।

नपुङ्सक बुधले उपलब्धीहीन कार्यलाई अगाडि सार्ने र मनकारक ग्रह चन्द्रमाले भावुक, उत्तेजित कार्यलाई बढावा दिनेहुँदा राजनीतिलाई तरलता उन्मुख गराउन बल पुग्नेछ । बुद्घिजीवी र जिम्मेवार व्यक्तिहरू दिग्भ्रमित हुँदा मानव समाज विश्वभर तरङ्गित हुनेछ । मनकारक ग्रह चन्द्रमा, मस्तिष्ककारक बुधको वर्षमा आधिपत्य रहेको छ ।वेदनीतिले राजाले राज्य गर्ने र मन्त्रीले राजनीति गर्ने भन्ने छ । राजा र मन्त्रीबीचको असहमतिले राजनीति स्थिरभन्दा अस्थिर हुने सम्भावना रहन्छ ।

चन्द्रमा चन्चल ग्रह र मस्तिष्ककारक ग्रह बुधबीच ताल मेल नमिल्ने सम्भावना अधिक हुन्छ । विचार गरौँ मन अनियन्त्रित हुन्छ तर मस्तिष्क भने जिम्मेवार । त्यसैले चन्द्रमाले बुधलाई शत्रु भाव राख्ने हुँदा बुधलाई नटेरी अघि बढ्न सक्छ । बुधले नियन्त्रणमा लिने प्रयास गर्दाराजनीतिमा स्वेक्षाचारीता बढ्ने सम्भाना रहन्छ । परिणामस्वरुप समाजमा विचलन आउन सक्छ, बौद्धिक वर्गहरू निराश हुँदै गर्दा पनि शुभ ग्रहहरु बाहुल्यता बर्षारम्भमा रहेकाले सबैले धैर्य धारण गर्दै सम्मन्वयतिर जोडिने प्रयास गर्नेछन् । त्यसबाट सकारात्मक प्रभाव लाइ बलपुग्ने छ । संयमा सजग भएमा ऐतिहासिक कार्य गर्ने अवसर मिल्ने र अलिकति पनि चुकेमा समाजमा अराजकता पैदा हुनेछ जुन नियन्त्रण गर्न हम्मे हम्मे पर्नेछ ।

वर्षको वारेमा हेर्दा यसवर्षारम्भका राजा, मन्त्री र वर्ष प्रवेश लग्नलाई जोडेर प्रस्तुत गर्नु अनिवार्य हुन्छ । यसवर्षको वर्ष प्रवेशमा बृश्चिक लग्नमा भएको छ,यो स्थिर लग्नहो । लग्नेश,पञ्चमेश, भाग्येश र दशमस्थानले महत्वपूर्णले भूमिका खेल्दछन् । ग्रह वक्र र मार्ग, ग्रहको संयोग, उच र नीच सवैको अवस्थालाई मिलाउनुपर्दछ । यस वर्षको जगलग्न कुण्डली बृश्चिक लग्नमा भएको छ त्यो नेपालको रासि सङ्ग मिल्ने भएकोले नेपालको लागी शुभ हो । लग्नेश मंगल, पन्चमेश गुरु, भाग्येश चन्द्रमा, दशमेश सूर्य हुन् ।

२०७७ वैशाख २७ गते सम्म बर्षारम्भ पूर्वनै मकरमा भएका मंगल मकरमै रहने छन वैशाख २५ गतेदेखिवक्र भएका शनि आश्विन १० गतेसम्म वक्ररहने छन बक्र हुँदै मकर राशिबाट श्रावण २१ गते धनु राशिमा सर्नेछन् । बर्षारम्भ पूर्वनै मकरमा रहेका ज्येष्ठ ३ गते मकरमै वक्र हुने बृहस्पति पनि भाद्र ३१ गते सम्म वक्र हुने र वक्रमै मकरबाट श्रावण १ गते धनुराशिमा फर्कनेछन् ।

यस वर्ष गुरु र शनि प्रायः साथमै रहने छन् ।शनि गुरुको संयोग लाभहानि दुवै गराउन सक्ने हुन्छ । यो वर्ष पनि शुभ र अशुभ दुवै अवस्था छ । शनि गुरुको संयोगमा विशेष गरी धर्म तथा न्याय क्षेत्र प्रभावशाली हुन्छ । केही गरी सावधानी नअपनाएमा न्यायपालिकाले कार्यपलिकालाई कब्जा गर्न सक्छ ।श्रावण १ गतेदेखि श्रावण २१ सम्म, कार्तिक २८ गतेदेखि मार्ग १ सम्म, चैत्र १६ गतेपछि ३१ सम्ममात्र शनि बृहस्पति संयोग हुने छैन । शनि, बृहस्पतिको संयोग त्योपनि धनुमा र मकरमा कहिले शनि स्वगृही, कहिले गुरुस्वगृही हुनेछन् ।

यसरी हुने संयोग गुरुचण्डाल योग र निचभङ्ग योग हुने भएकाले सुजवुझका साथ काम गरे संकटबाट सहजतामा जाने उपयुक्त वातावरण बन्नेछ । थोरैमात्र चुक्यो भने अवस्था गम्भीर र जटिल हुनेछ । यस प्रशंगमा लग्नकुण्डलीको योगबल पनि महत्वपूर्णहुन्छ। यस वर्ष दुई महत्वपूर्ण योग परेको छ । एक कालसर्पयोग अर्काे लग्नादि योग । यी दुवैयोगको मुख्य फल प्राय उतारचढाव आउने हो। यस्तो समयमा संकट र सफलता दुवैको सामना गर्नुपर्दछ ।वर्षारम्भको दिन चन्द्रमा केतुबाट ग्रस्त छन ।

शनि, मंगल र बृहस्पतिको संयोगका साथै बैशाख ३ गतेदेखि ५ गते ३ बजेसम्म शनि, बृहस्पति, चन्द्रमा र मंगल एक साथ रहने छन् । यसलाई ग्रहका हिसावले शुभ र अशुभ दुवै कोणबाट बुझ्न सकिन्छ । चन्द्रमा, बृहस्पति एकसाथ रहँदा गजकेसरी योग बन्छ त्यो शुभ मानिन्छ । मंगलको सम्वन्ध पृथ्वी, आगो, हातहतियार र सेनामा रहन्छ । बृहस्पतिको सम्बन्ध धर्म, शिक्षामा, शनिको सेवासँग र निर्माण सङ्ग , चन्द्रमाको दयासँग सम्बन्ध रहन्छ । शनिले पश्चिम दिशाको, मंगलले दक्षिणको, बृहस्पतिले उत्तरको र स्वधर्म तथा स्वदेशको प्रतिनिधित्व गर्ने हुँदा यस्तो स्थितिमा त्रिपक्षीय चलखेल हुने सम्भावना रहन्छ ।

आआफ्नो स्वार्थले प्रेरित शक्तिहरूको चलखेलमा राष्ट्रिय संकट आउन सक्छ । यस्तो समयमा विमान दुर्घटा हुने सम्भावनाका साथै भूकम्प, समुद्रिक आँधी, आगजनी, चोरी, अराजक कार्य,प्राकृतिक विपत्ति आउन सक्छ । अविभावकीय भूमिका निर्वाह गर्नुपर्ने बौद्घिक वर्गहरू सुरक्षा, शिक्षा, प्रशासनिक र न्यायक्षेत्रमा न्यायोचित मार्गलाई वेवास्ता गर्दै स्वार्थमा प्रेरित हुन सक्ने सम्भाना बलियो रहनेछ । यस्तो अवस्थामा सुरक्षा, न्याय र धर्म एकसाथ जुटेर कार्यपालिकालाई अवज्ञा गर्दै राजनीतिलाई नियन्त्रणमा लिन खोज्दा बृहस्पति नीचभएकाले गलत मार्गमा लाग्न सक्छन्, राजनैतिक संकट आउन सक्नेछ ।

चुनौती र अवसरमध्ये अवसरलाई उपयोग गर्दै विषम परिस्थितिलाई धैर्यका साथ नेतृत्वले कदम चालेमा देशले ऐतिहासिक सफलता हासिल गर्ने मार्ग अबलम्बन गर्नेछ । सचेत र सजग नभएमा जनधनको क्षति हुनुको साथै अर्थतन्त्रमा ठूलो नोक्सान भई राष्ट्र असफलता उन्मुख हुन सक्छ,सत्तासमेत परिवर्तन हुन सक्छ । विस्थापित शक्तिले अवसर पाउन सक्छन्, अकल्पनीय व्यक्तिको अकस्मात् उदय भई राजनीतिमा आमूल परिवर्तन हुन सक्छ ।

मिथुनमा उच्च राहु, केतु धनुमा उच्च भएको अवस्थामा बनेकोकाल सर्पयोगछ त्यो कालसर्प योग भाद्र २५ गते देखि हटेपनि मार्ग २५ गते पुनः शुरुभएर बाषान्त्य सम्म रहने छ । अर्कोतर्फ लग्नादि योग धनभावमा केतु र चन्द्रमा रहेको हुँदा राज्यकोषलाई उपलब्धिमुलक कार्यमा भन्दा अधिक व्यक्तिविशेषको भरणपोषणमा खर्च हुनेछ । लग्नेश मंगल सेनाकारक उच्च भई तृतीयेश, चतुर्थेश सेवाकारक शनि तथा धर्म,शिक्षा कारक बृहस्पति द्वितीय र पञ्चमको मालिक एक साथ रहेकोले सैनिक, बौद्घिक तथा युवा बर्ग र धार्मिक वर्गहरू एकसाथ राज्य निर्माणमा जुट्ने सम्भावना छ ।

पञ्चमस्थानमा बुध नीच र पञ्चमेश बृहस्पतिसमेत नीच रहेकोले शैक्षिक, धार्मिक तथा वाणिज्य क्षेत्रमा विकृति र विसङ्गति वढ्नेछ । षष्ठभावमा रहेको उच्च सूर्यले शत्रु नास गर्ने भएपनि दशमेश भएकोले राजनीतिमा राज्यका शत्रुले ठूलो चलखेल गर्न सक्ने अवस्था रहनेछ । सप्तम शुक्र स्वगृही भइरहेको र शुक्रको आधिपत्य विज्ञानमा गीत, सङ्गीत, चलचित्र, आधुनिक औषधि निर्माणसहित शुक्रको अधिकार विषेश महिला वर्गमा रहने भएकोले महिला शक्तिकै कारण राजनीतिमा संयम भए सफलता र अनिन्त्रित भएमा दुर्घटा हुन सक्नेछ । सातौँ भाव वैदेशिक तथा कूटनीति भएकोले शुक्रको अनुकूलताले वैदेशिक सम्वन्ध व्यक्तिका निमित्त हानिकारक रहे पनि देशका निम्ति भने सकारात्मक र समन्वयकारी रहनेछ । ज्ञान, विज्ञानमा सुझबुझका साथ अघि बढ्ने वर्ष हुनेछ । अष्टममा राहु रहेकोले देशको ऋणभार उच्चतम विन्दुमा पुग्नेछ ।

भाग्य भावमा मङ्गलको नीच दृष्टि, गुरुको उच्च दृष्टि र शनिको शत्रु दृष्टि रहेपनि शनि, बृहस्पतिको संयोग भएकोले धार्मिक पक्ष र धर्मविरोधीहरूको संघर्षमा जनता आन्दोलित हुनेछन् । शनि, मङ्गलको संयोगले धार्मिक आवरणमा लुट्ने, धर्मलाई अपव्याख्या गर्ने, अधर्मीहरूको पराजय र सच्चा धर्म र राष्ट्रियताको जगेर्ना गर्न अग्रसर हुनेहरूको विजय सुनिश्चतजस्तै छ । दशमेश सूर्य षष्ठ भावमा रहेकोले राष्ट्र विरोधीहरू सलबलाउनेछन् । शक्तिशाली ग्रहहरू राष्ट्रको पक्षमा रहेको हुँदा यो वर्ष राष्ट्रले नयाँ र युगान्तकारी परिवर्तन गर्दै स्वार्णीम युगमा प्रवेश गर्नेछ । सप्तमेष र द्वादशेस शुक्र स्वगृही भई सप्तम भावमा रहेको, शुक्र पूर्वदिशाको अधिपति भएकोले पूर्वीय देशको सहयोग एवं खबदारीले सवै वैदेशिक सम्वन्धलाई अत्यन्त सकारात्मक बनाउन बल पुग्नेछ ।

प्रजातन्त्रमा सार्वभौम जनता भन्ने भनाईलाई सार्थक बनाउन यस वर्ष ग्रहले साथ दिनेछ । श्रावण २१ देखि मार्ग १ गतेसम्म नेपाल देश अन्त्य साढेसातीको प्रकोपमा पर्नेछ । यो समयमा देश संकटग्रस्तभई परिवर्तनको दिशामा उन्मुख हुनसक्छ राम्रोको लागि ।

भाद्र २५ गते राहु बृश्चिकमा केतु बृषमा सर्ने छन यस वर्ष पश्चिमा मुलुकहरू अवस्था २०४७ साल भन्दा कडा छ जुनवेला पश्चिमा हरु सवैमिले इराकमा होमियका थिए यस्तो स्थितिमा प्राकृतिक प्रकोप र राजनीति तरलता वढ्ने छ । विषेश गरि समुन्द्रिी ज्वालामुखि आँधिका कारण सन्सारनै तरङ्गित हुनसक्छन । अमेरिकाले राजनीति र प्राकृतिक प्रकोपको धेरै कठिनाईको सामना गर्नुपर्नेछ ।

जापान, जर्मन पनि प्राकृतिक प्रकोपको भागीदार हुनेछन् ।भारतले पनि राजनीति र प्राकृतिक प्रकोपको ठूलै पीडा भोग्नुपर्नेछ । चीन,रसिया भने पीडा हुँदाहुँदै पनि सफलता उन्मुख रहनेछन् । यसवर्षको विश्व राजनैतिक ध्रुवीकरण प्राचीन र आधुनिक पक्षबीच जबर्जस्त उभिने महाँयुद्ध उन्मुख हुँदै गर्दा आधुनिकतालाई प्राचीन सोचले निस्तेज वनाउन सक्नेछ ।

यो वर्ष शनि साढेसातीवर्षारम्भमा मार्ग १ गतेदेखि धनुलाई अन्त्य साढेसाती, कुम्भलाई आद्य साढेसाती आरम्भ हुनेछ भने तुला तथा मिथुन राशिलाई अढैया शनि आरम्भ हुनेछ । श्रावण २१ गतेदेखि मार्ग १ गतेसम्म पुनः वृश्चिकलाई अन्त्य साढेसाती र कन्या तथा वृषराशिलाई अढैया शनि रहनेछ ।साढेसाती शनिको प्रभाव जन्मकुण्डलीमा शनि राम्रो भएमा राम्रो फल, नराम्रो भएमा नराम्रो फल मिल्नेछ । अढैया शनिले जन्मकुण्डलीमा शनि राम्रो भएमा बिगार नगर्ने राम्रोभने कसैलाई पनि नगर्ने हुन्छ ।

शनि साढेसाती वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने र शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी ‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने । भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएको तर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने । बगेकोलाई नहेर्ने । यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ । यो व्यावाहारिक प्रयोगले थाहा भएको हो ।

ओजराज उपाध्याय लोहनी ।

  • १ बैशाख २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !