काठमाडौं । सरकारले नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायलाई पक्राउ गरेको छ । उनलाई ललितपुरबाट नेपाल प्रहरीको साइबर ब्यूरोले बुधबार साँझ पक्राउ गरेको हो ।
फेसबुक र ट्वीटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।
उपाध्यायलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको छ। सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा उपाध्याय सक्रिय रहँदै आएका छन्।
साइबर अपराधको कसूरमा बिहीबार जिल्ला अदालत काठमाडौंमा उपाध्यायलाई उपस्थित गराइने स्रोतले बतायो।