फुट्यो समाजवादी पार्टी, अध्यक्षमा रेणु यादव

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका साथ पाएपछि समाजवादी पार्टी फुटेको छ ।  समाजवादी पार्टी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्वमा नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन्।

समाजवादी पार्टी र राजपाले एकीकरणको घोषणा गरेका केही सयमापछि समाजवादीका सात सांसदले पार्टी फुटाउने निर्णयमा पुगेका हुन् ।

यादवसहित सांसद महम्मद इस्तियाक राई, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, प्रदिप यादव, सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेको सो समूहका एक सांसदले जनाए ।

अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका थिए भने पार्टी विभाजनकै लागि भनेर महोत्तरीमा रहेका सांसद सुरेन्द्र यादव सरकारी सहयोगमा काठमाडौं ल्याइएको थियो ।

समाजवादी पार्टीले सांसद यादवलाई प्रधानमन्त्री केपी ओलीले अपहरण गरेका दिउँसो बताएको थियो । सांसद यादवलाई राती १० ३० बजे नेकपाका सांसद महेश बस्नेतले बलुवाटर पुर्याएको स्रोतको दाबी छ ।

समाजवादी पार्टीमा प्रतिनिधि सभामा १७ जना सांसद छन्।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पार्टी फुटाएर नयाँ पार्टी गठनका लागि सो पार्टीको संसदीय दल र केन्द्रीय कमिटिमा ४०\४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने कानुन थियो। दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद् बैठक बोलाएर अध्यादेशमार्फत संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत सांसदको समर्थन भए पार्टी विभाजन गरेर नयाँ पार्टी गठन हुनसक्ने व्यवस्था गरेका थिए।

नेकपामा बहुमत सचिवालय सदस्यहरूको विरोध हुँदाहुँदै सो अध्यादेश राष्ट्रपतिले केही घण्टामै जारी गरिदिएकी थिइन्। नयाँ अध्यादेशअनुसार समाजवादी पार्टी फुटाएर नयाँ पार्टी गठन गर्न सात जना सांसद भए पुग्छ।

एकीकृत भएको पार्टी र रेणु यादव नेतृत्वको जुन पार्टी निर्वाचन आयोगमा जुन पार्टी पहिले दर्ता भयो त्यसैले बाजी मार्ने छ । 

नयाँ एकीकृत पार्टी निर्वाचन आयोगमा पहिले दर्ता भयो भने समाजवादी फुटाएर सात सांसदले अर्को नयाँ पार्टी दर्ता गर्न पाउने छैनन्। 

तर सत्ताको साथ रेणु यादव नेतृत्वका सांसदलाई रहने हुनाले उनीहरूकै पार्टी निर्वाचन आयोगमा दर्ता हुन्छ भन्ने विश्लेषकहरूको अनुमान छ।

  • ११ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !