अध्यादेश फिर्ताको माग गर्दै नेविसंघद्वारा देशभर प्रदर्शन

आजभोलि

काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग ग्दै शुक्रबार देशभर विरोध प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकासहित देशैभर पाँच पाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको हो ।

सरकारले हालै मात्र राजनीतिक दल विभाजन सहज बनाउने र विपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेविसंघको विरोध प्रदर्शन गरेको हो ।

नेविसंघका अध्यक्ष राजीब ढुंगानाले सरकारले ल्याएका दुबै अध्यादेश फिर्ताको माग गर्दै देशैभर प्रदर्शन गरिएको जानकारी दिए । बिहीबार नेबिसंघका पूर्व अध्यक्ष रन्जित कर्णको नेतृत्वमा विद्यार्थीहरुले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका थिए ।

कोरोना महामारी रोकथाम गर्नु पर्नेबेलामा देशमा अस्थिरता ल्याउन अधिनायकवादउन्मुख भएर विधेयक ल्याइएकोले विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

  • १२ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !