विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोभिड–१९ बाट एक हजार ७ जनाको मृत्यु भइसकेको छ।
यस्तै संक्रमितको संख्या पनि ३१ हजार भन्दा बढी पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या कम्तिमा ३१ हजार ३ सय ३१ रहेको छ । त्यसमध्ये सात हजार ६सय ९५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।