छिमेकी मुलुक भारतमा कोरोना भाइरस कोभिड १९ को संक्रमण दर र दैनिक मृत्यु हुने संख्यामा कमी आउन सकेको छैन ।
भारतमा पछिल्लो २४ घण्टामा ७९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको विश्वभरका कोरोनाको तथ्याङ्क निकाल्ने संस्था वर्ल्डोमिटर्सले जनाएको छ । यससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ ।
भारतमा एकैदिन थप १ हजार ७ सय ३८जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३३ हजार ६२ पुगेको छ ।
भारतमा संक्रमितमध्ये ८ हजार ४ सय ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २३ हजार ५ सय ४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सार्क मुलुकमध्ये भारतमा सबैभन्दै भन्दा बढी कोरोना भाइरसको प्रभाव देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।