बलिउडका अभिनेता ऋषि कपूरको निधन भएको छ ।
कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि क्यान्सरबाट पीडित रहेका थिए । ऋषि कपुर गत सेप्टेम्बरमा मात्र अमेरिकामा लामो समयको उपचारपछि मुम्बई फर्किएका थिए ।