स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजीका माझ उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखापरेका छन् ।
उन एउटा मलखाद कारखान उद्घाटन कार्यक्रममा देखा परेका हुन् । दक्षिण कोरियाली मिडियाले किम २० दिनपछि सार्वजनिक समारोहमा देखा परेको उल्लेख गर्दै उनको स्वास्थ्य सम्बन्धी खबरहरु हल्लामात्र सीमित भएको जनाएको छ।
अप्रिल ११ पछि किमले सार्वजनिक कार्यक्रममा भाग लिएको खबर तथा तस्बिर उत्तर कोरियाले सार्वजनिक गरेको थिएन । अप्रिल ११ मा उनले सत्तारुढ दल कोरियन वर्कर्स पार्टीको बैठकमा भाग लिएको बताइएको थियो । अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किमका हजुरबा किम इल सुङको १०८ जन्मदिन थियो । सो दिनलाई उत्तर कोरियामा विषेश दिनका रुपमा मनाइने गरिन्थ्यो ।
सो दिनमा पनि किम कुनै कार्यक्रममा सहभागी भएको सार्वजनिक नभएपछि उनी गम्भीर बिरामी रहेको वा मृत्यु भएको अनुमान गर्दै समाचार सार्वजनि भएका थिए ।