विश्वभर कोरोना भाईरस सङ्क्रमितको संख्या ४१ लाख नाघेको छ ।
हालसम्म ४१ लाख ७ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।सङ्क्रमित मध्य उपचार पछि निको हुनेको संख्या पनि बढेको छ । १४ लाख ४१ हजार ४सय ७६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । हाल २३ लाख ८० हजार २ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४७ हजार सय बढीको अवस्था गम्भीर छ । यस्तै कोरोनाका कारण २ लाख ८० हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकामा १३ लाख ४७ हजार ३ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जनामा सङ्क्रमण पाइएको छ भने इटालीमा दुई लाख १८ हजार २ सय ६८ जना सङ्क्रमित छन् ।
बेलायतमा दुई लाख १५ हजार भन्दा बढीमा सङ्क्रमण भएको छ ।