भारतमा कारोनाका कारण ४ हजारबढीको मृत्यु, १ लाख ४४ हजारबढी संक्रमित

आजभोलि

छिमेकि मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४५ हजार नजिक पुगेको छ ।

एकै दिन थप ६ हजार ४ सय १४ जनामा संक्रमण सुष्टिभएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ९ सय ५० पुगेको हो ।

भारतमा कोरोनाको संक्रमणबाट हालसम्म ४ हजार १ सय ७२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४८ जनाको मृत्यु भएको छ ।

कोराना भाइरसको संक्रमण फैलिने नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ । भाईरस संक्रमण तीव्र रूपमा फैलिरहे पनि करिब दुई महिनायता बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारदेखि नियमित गरिएको छ ।

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै २५ मार्चदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएका थिए । संक्रमण फैलने क्रम जारी रहे पनि लामो समय उडान बन्द गर्दा अर्थतन्त्रमा धक्का पुग्ने भएपछि खोल्ने निर्णय गरिएको हो । हाललाई केही सीमित उडान मात्र सञ्चालन हुने भएका छन् ।

आन्तरिक उडानका लागि विदेशबाट आएका यात्रुले कोरोना भाइरसको संक्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्ने साथै हवाइ सेवा लिएका यात्रुले १४ दिन सेल्फक्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख छ । अन्तर्राष्ट्रिय उडान भने भारतले बन्द नै राखेको छ ।

हवाइ सेवासँगै रेल र बस सेवा पनि सुरु गरेको छ । हवाइ र रेल सेवा देशभर सञ्चालन हुने छ भने बस सेवा राज्यभित्र मात्रै सञ्चालन हुने जनाएको छ ।

यस्तै, दिल्ली तथा मुम्बईबाट उडानको तयारी भएपनि बिभिन्न राज्यहरुले पर्याप्त तयारी नभएकाले ब्यवस्थापन गर्न नसक्ने जानकारी गराएसँगै धेरै उडानहरु रद्द भएका थिए । दिल्ली विमानस्थलबाट मात्रै ८२ वटा आन्तरिक उडान रद्ध भएसंगै अन्तिम समयसम्म पनि सूचना नपाएको भन्दै यात्रुहरु आक्रोशित भएका थिए ।

  • १३ जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !