डब्लूएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

आजभोलि

ब्राजिल  । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट बाहिरिने चेतावनी दिएका छन् । उनले डब्लूएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन् । डब्लूएचओले यस्तै व्यवहार गरिरहयो भने ब्राजिल डब्लूएचओबाट बाहिरिन सक्दछ, उनले भने ।

उनले डब्लूएचओलाई राजनीतिक प्रभावमा परेर त्यस्तै प्रकारको भूमिका खेल्न लागेको आरोप पनि लगाएका छन् । राष्ट्रपति बोल्सोनारोले देशमा लकडाउन खुला गरेकोमा डब्लूएचओले असहमति जनाउदै गलत भएको टिप्पणी गरेपछि उनले यस्तो चेनावनी दिएका हुन् ।

लकडाउन खुला गरेकाले ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या अत्याधिक बृद्धि भएको भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको थियो । डब्लूएचओले सामाजिक दूरी कायम राख्ने कुरालाई बढी ख्याल गर्न पनि ब्राजिललाई आग्रह गरेको थियो । तर यस विषयमा राष्ट्रपति बोल्सोनारोले लामो समयदेखि असहमति राख्दै आएका छन् ।

उनको यही असहमति र फरक मतका कारण तत्कालीन स्वास्थ्य मन्त्रीलाई पनि बर्खास्त गरेका थिए । मन्त्री लकडाउन लगाउने चाहने तर राष्ट्रपति बोल्सोनारोले भने लकडाउन लगाउन नहुने भनेकाले ती मन्त्री बर्खास्तीमा परेका हुन् ।

लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले अरु धेरै देशहरुलाई समेत उछिनेर कोरोना भाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देशमा पुगेको छ । पछिल्लो विवरण अनुसार ब्राजिलमा अहिलेसम्म ६ लाख ५० हजार ५ सय ४ जना सङ्क्रमित भएका छन् भने, ३५ हजार १ सय ३९ जनाको मृत्यु भइसकेको छ ।

  • २४ जेष्ठ २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !