चीन । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को उपचार दर चीनभित्र ९४ प्रतिशत पुगेको चीनले दाबी गरेको छ ।
आइतबार बेइजिङमा कोरोना भाइरस विरूद्धको लडाई सम्बन्धी एउटा श्वेतपत्र जारी गर्दै चीनले ९४ प्रतिशतभन्दा बढी संक्रमितको उपचार भएको, परम्परागत औषधि चलाइएको, संक्रमितको निःशुल्क उपचार गरिएको तथा विश्वका विभिन्न मुलुकमा आफ्नो सहायता उपलब्ध गराएको जानकारी दिएको हो ।
जारी श्वेतपत्रमा मे महिनाको अन्त्यसम्ममा चीनमा ८३ हजार बढी संक्रमितमध्ये ७८ हजार ३ सय धेरैको उपचार भएकोले उपचार दर ९४ दशमलब ३ प्रतिशत रहेको जनाइएको छ ।
मानव समुदायको साझा नियतिलाई समर्थन गर्न, महामारी नियन्त्रणमा सहकार्य गर्न र संयुक्त रूपमा साझा मानव स्वास्थ्य समुदाय निर्माणको अवधारणा पनि श्वेतपत्रमार्फत् ल्याइएको छ ।
चीनभरि कोभिड–१९ को रोकथाममा परम्परागत चिनियाँ मेडिसिन (टीसीएम) को प्रयोग बाट ९२ प्रतिशत बिरामीलाई रोगमुक्त पारिएको उल्लेख छ । विश्वका २ सय देशमा चीनले सुरक्षा सामग्री निर्यात गरेको जनाएको छ ।