भारत-चीन सीमा तनाब : २० भारतीय सेनाको मृत्यु, चीनले सूचना लुकायो

आजभोलि

एजेन्सी । भारत र चीनको विवादित क्षेत्र मध्येको एक लद्दाखमा भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । गद्दाखको गलवान क्षेत्रमा सोमबार राती भएको झडपमा परि २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । भारत र चीनको बीचमा ४५ वर्षपछि यति ठूलो क्षति हुने गरी झडप वा तनाव भएको हो ।

भारतीय संचार माध्यमले जनाए अनुसार उक्त झडपमा गोली नचलेको जनाइएको छ । तर के गरेर यति ठूलो संख्यामा भारतीय सैनिकको मृत्यु भएको भन्ने कुरा खलाइएको छैन् । सोमबार दिनभरी भारत र चीनको सैन्य कमाण्डरबीच वार्ता भएको थियो । वार्तापछि दुबै देशका सैनिक गलवानको सुन्य डिग्री रेखा भन्दा पछि हटेका थिए । तर राती एकाएक चीनले आक्रमण गरेको भारतले जनाएको छ ।

भारतले चीनले एकतर्फी झुक्याएर आक्रमण गरेपछि भारतले जवाफी कारबाही गरेको जनाएको छ । ३ घष्टा भन्दा लामो समय सैन्य झडप भएको थियो । भारतले चीन तर्फ पनि क्षति भएको तर चीनले सूचना लुकाएको आरोप पनि लगाएको छ । तर चीनको परराष्ट्र मन्त्रालय वक्तव्य जारी गर्दै सबै समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । तर लद्दाखमा भएको घटनाको बारेमा कुनै बिस्तृत जानकारी दिइएको छैन् ।

भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहले चीनको बदला लिएरै छाड्ने जनाएका छन् । भारत निकै आक्रमक पोजिसन रहेको देखिन्छ । भारतमा सबै सुरक्षा निकायसँग नियमित आपतकलिन बैठक भइरहेका छन् ।
अहिले भारतको नेपाल पामिस्तान, चीन लगायतका देशहरुसँग सीमामा तनाब रहेको छ ।

Photo: BBC Hindi

  • ३ असार २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !