विश्वभर कोरोना संक्रमितको संख्या ९९ लाख ६ हजारबढी, ४ लाख ९६ हजारबढीको मृत्यु

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण ९९ लाख ६ हजार ५ सय ७६ जना संक्रमित भएका छन् ।

विश्वका २ सय १५ मुलुकमा फैलिएको कोरोना भाइरसबाट ४ लाख ९६ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५३ लाख ५७ हजार ९ सय ९५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

४० लाख ५१ हजार ६ सय ६६ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ५७ हजार ६ सय ४६ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।

सयुंक्त राज्य अमेरिकामा २५ लाख ५२ हजार ९ सय ५६ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख २७ हजार ६ सय ४० जनाको मृत्यु भएको छ । संक्रमितमध्य १० लाख ६८ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै ब्राजिलमा १२ लाख ८० हजार ५४ जनामा कोरोना संक्रमण देखिएको छ भने ५६ हजार भन्दाबढीको मृत्यु भएको छ । रसियामा कोरोना संक्रमितको संख्या ६ लाख २० हजार ७ सय ९४ पुगेको छ । ८ हजार ७ सय ८१ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । भारतमा ५ लाख ९ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा १५ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २ लाख ९५ हजार ९ सय भन्दाबढी उपचारपछि निको भएका छन् ।

यस्तै, नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । संक्रमितको संख्या ११ हजार नाघेको छ । संक्रमितमध्ये २ हजार ६ सय भन्दाबढी उपचारपछि निको भएर फर्किएको छ ।

  • १३ असार २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !