काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण १ करोड ४ लाख ७ हजार ८ सय ५५ जना संक्रमित भएका छन् ।
विश्वका २ सय १५ मुलुकमा फैलिएको कोरोना भाइरसबाट ५ लाख ८ हजार ७७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५६ लाख ६४ हजार ३ सय ५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
४२ लाख ३५ हजार ४ सय २३ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ५७ हजार ५ सय ३० जनाको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।
यस्तै, सयुंक्त राज्य अमेरिकामा २६ लाख ८१ हजार ८ सय ११जनामा सङ्क्रमण देखिएको छ भने १ लाख २८ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ । संक्रमितमध्य ११ लाख १७ हजार भन्दा बढी निको भएका छन् ।
यस्तै ब्राजिलमा १३ लाख ७० हजार ४ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ भने ५८ हजार भन्दाबढीको मृत्यु भएको छ । रसियामा कोरोना संक्रमितको संख्या ६ लाख ४१ हजार १ सय ५६ पुगेको छ । ९ हजार १ सय ६६ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै, छिमेकी मुलुक भारतमा ५ लाख ६७ हजार ५ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा १६ हजार ९ सय ४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ३ लाख ३५ हजार २ सय भन्दाबढी उपचारपछि निको भएका छन् ।
यस्तै, नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । संक्रमितको संख्या १३ हजार नाघेको छ । संक्रमितमध्ये ३ हजार १ सय ३४ भन्दाबढी उपचारपछि निको भएर फर्किएको छ ।