विश्वभर कोरोनाबाट ५ लाख ६२ हजारबढीको मृत्यु,१ करोड २६ लाख १५ हजारबढी संक्रमित

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या एक करोड २६ लाख १५ हजार ३ सय ६७ जना पुगेको छ ।

संक्रमित मध्ये ५ लाख ६२ हजार ११ जनाको मृत्यु भएको छ । यसैगरी, संक्रमितमध्ये ७३ लाख २० हजार ९ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् । वल्डोमिटरको तथ्याङ्क अनुसार अझैपनि विश्वभर ४७ लाख ३२ हजार भन्दाबढी मानिसहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । उनीहरुमध्ये ४६ लाख ७३ हजार भन्दाबढीको अवस्था सामान्य छ भने ५८ हजार ८ सय ३ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोनाभाइरसकै कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ३२ लाख ९१ हजार ३ सय बढी मानिसहरु संक्रमित भएका छन् भने १ लाख ३६ हजार ६ सय बढीको मृत्यु भइसकेको छ । यस्तै, ब्राजिलमा १८ लाख ४ हजार भन्दाबढी संक्रमित भएका छन् । जसमध्ये ७० हजार ५ सय बढीको मृत्यु भएको छ ।

  • २७ असार २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !