विश्वभर १ करोड ३९ लाख ४६ हजारबढी संक्रमित

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३९ लाख ४६ हजार ६ सय ३७ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार ३ सयभन्दाबढी संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५ लाख ९२ हजार ६ सय ७७ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

हालसम्म निको भएका ८२ लाख ७७ हजार ७ सय ४१ जनामध्ये २ लाख ३७ हजार १ सय भन्दाबढी पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोनाबाट धेरै प्रभावित अमेरिकामा ३६ लाख ९५ हजार भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ४१ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ ।

यस्तै, कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार १ सय ६३ जना, उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९१ हजार ६ सय ७० जना, एसियाली मुलुकहरूमा ७५ हजार २ सय १ जना, दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १२ हजार सय जना, अफ्रिकी मुलुकहरूमा १४ हजार ३ सय ९९ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय ३५ जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २० लाख १४ हजार ७ सय ३८ पुगेको छ भने ७६ हजार ८ सय बढीको मृत्यु भएको छ ।

  • २ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !