भारतमा एकैदिन ४५ हजारमा कोरोना संक्रमण,संक्रमितको संख्या १२ लाख ३९ हजार नाघ्यो

आजभोलि

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या १२ लाख ३९ हजार नाघेको छ ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४५ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ ।

पछिल्ला पाँच दिनमा मात्रै १ लाख ९९ हजार १२७ जना संक्रमित भएका छन् । लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो ।

संक्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २ सय ६६ संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍२५ हजार ५ सय २८ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २९ हजार ८ सय ९० पुगेको छ ।

  • ८ श्रावण २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !