विश्वमा कोरोना सङ्क्रमितमध्ये ९९ लाख ११ हजार भन्दाबढी निको

आजभोलि

विश्वमा कोरोना सङ्क्रमितमध्ये ९९ लाख ११ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ६१ लाख ९६ हजार ४ सय ४५ जना सङ्क्रमण पुष्टि भएकामा ९९ लाख ११ हजार ९ सय ३७ जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ६ लाख ४८ हजार ३ सय २७ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ५६ लाख ३६ हजार १ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६६ हजार २ सयबढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४३ लाख १५ हजार ७ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २० लाख ६१ हजार ६ सय बढी निको भएका छन् भने १ लाख ४९ हजार भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २३ लाख ९६ हजार ४ सय ३४ पुगेको छ भने ८८ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १६ लाख १७ हजार ४ सयभन्दा बढी निको भएका छन् ।

  • ११ श्रावण २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !