चिनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिमबाट फैलिएको कोरोना भाईरसबाट विश्वभर ६ लाख ५२ हजार बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार १ सय भन्दाबढीको कोरोनाकै कारण मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार ३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा२ लाख १६ हजार ३ सय भन्दाबढी संक्रमण देखिएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६४ लाख १२ हजार ७ सय ९४ पुगेको छ ।
संक्रमितमध्ये १ करोड ४२ हजार ३ सय भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४३ लाख ७१ हजार ८ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २० लाख ९० हजार १ सय बढी निको भएका छन् भने १ लाख ४९ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २४ लाख १९ हजार ९ सय १ पुगेको छ भने ८७ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १६ लाख ३४ हजार २ सयभन्दा बढी निको भएका छन् ।