विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ६८ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४ सय ४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ८३ हजार ७ सय २ पुगेको छ ।
संक्रमितमध्ये १ करोड ४ लाख ४९ हजार ५ सय ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख ६२ हजार ४ सय ८० पुगेको वल्डोमिटरमा उल्लेख छ।
संक्रमितमध्ये ५७ लाख ७१ हजार ६ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६६ हजार ४ सयबढीको अवस्था गम्भिर रहेको छ ।
यस्तै, कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ६७ जना, उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ११ हजार ६२० जना, एसियाली मुलुकहरूमा ९२ हजार ७२१ जना, दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३७ हजार २८८ जना, अफ्रिकी मुलुकहरूमा १८ हजार ४५० जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १८९ जनाको मृत्यु भएको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४४ लाख ९८ हजार २ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २१ लाख ८४ हजार ७ सय बढी निको भएका छन् भने १ लाख ५२ हजार ३ सय भन्दा धेरैको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २४ लाख ८४ हजार ६ सय ४९ पुगेको छ भने ८८ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १७ लाख २१ हजार ५ सयभन्दा बढी निको भएका छन् ।
यसैगरी छिमेकी मुलुक भारतमा १५ लाख ३२ हजार १ संय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३४ हजार २ सयबढीको मृत्यु भईसकेको छ भने ९ लाख ८८ हजार ७ सयबढी निको भएका छन् ।