न्यू दिल्ली । प्रिसिडेन्सीयल डिबेटमा अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आलोचना गरेका थिए । उनले भारत खराब प्रदुषण भएको देश बताएका थिए । लगत्तै उनको कडाआलोचना भएको थियो ।
अमेरिकाका विदेशमन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आएका छन् । उनी भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको भ्रमणमा आएका भारतीय संचार माध्यकहरुले बताएका छन् ।
बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइए पनि अमेरिकामा नेभेम्बरमा हुने चुनाव नै मूल लक्षित भएको जनाईएको छ
बैठकमा भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह सहभागी रहेका छन् । बैठक मंगलबार सम्पन्न हुने छ ।